Logo

टिआई रिपोर्ट-यो वर्ष पनि नेपाल ‘भ्रष्टाचार व्याप्त’ मुलुककै सूचीमा



काठमाडौँ, ११ माघ: नेपाल विश्वका भ्रष्ट मुलुकको ११७ औं स्थान कायम गर्न सफल भएको छ । संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले आफ्नो वार्षिक रिपोर्टको निष्कर्ष सार्वजनिक गर्दै नेपाललाई भष्टाचार हुने मुलुकको ११७ औं स्थानमा राखेको हो ।

टीआइले सन् २०२१ मा संसारभरका १८० देशको भ्रष्टाचारको स्थिति नियालेको थियो । जसमा ३३ अंक हासिल गरेर नेपालले ११७ औं स्थान बनाएको छ । गत वर्ष पनि टीआइले संसारभरका १८० देशको भ्रष्टाचारको स्थिति नियालेको थियो । जसमा नेपाल अहिलेजस्तै ३३ अंक पाएर ११७ औं स्थानमै परेको थियो ।

भ्रष्टाचारको अवस्था हेर्न कुल १०० पूर्णांक दिएर टीआइले अवस्था खुट्याउने गरेको छ । अर्थात् जुन मुलुकमा कम भ्रष्टाचार छ, त्यसलाई बढी अंक र बढी हुनेलाई कम अंक दिइन्छ । जसमा ३० भन्दा कम स्कोर आउनेलाई अति भ्रष्ट र त्यसभन्दा बढी ल्याउनेलाई भ्रष्ट मुलुकमा वर्गीकरण गरिएको छ ।टीआइले देशहरूले पाएका अंकका आधारमा बढी ल्याउनेबाट क्रमशः कम अंक ल्याउनेको नम्बरिङ गर्ने गरेको छ । जसमा ३३ अंक ल्याएर नेपाल ११७ औं स्थानमा छ ।-File Photo

https://www.transparency.org/en/countries/nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot