Logo

तीनै तहको निर्वाचन एकै चरणमा गर्दा नै वैज्ञानिक हिसाबले पनि उपयुक्त हुन्छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधान र कानूनसम्मत् ढंगले निर्वाचन गरिने उल्लेख गरेका छन् । उनले संविधान र स्थानीय तह निर्वाचन ऐनमा केही विरोधाभाष देखिएकोले त्यसलाई संशोधन गर्नुपर्ने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । गुरुङले स्थानीय तहको निर्वाचन एकै चरणमा गरिनेगरि तयारी थालिएको सुनाए ।

उनले एमाले संसद्को गतिरोध अन्त्य गर्नतर्फ अग्रसर नरहेको जिकिर गरे । उनले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति जुट्ने सम्भावना भएकोले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव राखेको सुनाए । उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्दा नै वैज्ञानिक रुपमा पनि उपयुक्त हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्