Logo

राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा बाहेक मतदान नगर्ने



काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ माघमा हुने राष्ट्रिय सभाको १९ स्थानका लागि हुने निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने निर्णय गरेको छ । आज राप्रपाका महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गरी प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको छ ।

बाँकी प्रदेशहरुमा राप्रपाको उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको पाठकले जनाएका छन् ।

राप्रपाले प्रदेश १ बाहेक बाँकी ६ प्रदेशमा मतदानमा सहभागी नहुने निर्णय गरेर भविष्यमा पनि चुनावी तालमेल नगर्ने सन्देश दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्