Logo

चिकित्सा शिक्षाको पिजी प्रवेश परीक्षा सम्पन्न, ८ हजार ६ सय परीक्षार्थी सहभागी



काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा आयोगको स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा सम्पन्न भएको छ । शनिबारदेखि सोमबारसम्म (माघ ८,९ र १०) भएको परीक्षामा ८ हजार ६२९ जना विद्यार्थीहरु सहभागी भएका छन्। परीक्षा केन्द्र ३९ वटा तोकिएका थिए ।

परीक्षाको पहिलो दिन शनिबार एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, आइतबार एमपिएच, एमएससिपिएच, एमपिएचएन, एमपिएचइ, एमपिएच म्यानेजमेन्ट, एमफिल् इन क्लिनिकल साइकोलोजिमा ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

त्यस्तै, सोमबार एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससिएमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयमा १ हजार १४२ जनाले प्रवेश परीक्षा दिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

परीक्षाका लागि ८ हजार ६७१ जनाको आवेदन परेपनि ३२ जनाको परीक्षा रद्द भएको जनाएइको छ । आयोगले काठमाडौं उपत्यका बाहिर ४ वटा केन्द्र तोकेको थियो ।

पिजीको शनिबार भएको परीक्षामा आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot