Logo

एमालेको सल्लाहकार परिषद्ले भन्यो : यो सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित छ (विज्ञप्तीसहित)



काठमाडौं, ११ माघ । नेकपा (एमाले) को सल्लाहकार परिषद्ले वर्तमान सरकार आफ्नो पार्टीविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएको छ । आज परिषद्का अध्यक्ष अमृत बोहोराले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । उनले पाँच दलीय गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी रहेको पनि उल्लेख गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ, राज्यका सबै अंगहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधिका नाममा सिटामोलजस्तो सामान्य औषधि समेत नागरिकले राम्ररी पाउन सकेका छैनन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot