Logo

सीवाइसी नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ६०.०८ प्रतिशतले वृद्धि



काठमाडौं, ११ माघ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ६०.०८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

पुससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ५४.१४ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने २३.२१ प्रतिशतले घटेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तले आइपीओ ल्याउने तयारी थालेको छ । आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति समेत मागीसकेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो । धितोपत्र बोर्डको अनुमति कुरेको कम्पनीले अनुमती पाएपछि आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot