Logo

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी



काठमाडौं, ११ माघ । नेप्सेमा मंगलबार ५ अंकको गिरावट आउँदा ५ अर्ब बढीको कारोबार भएको छ । शेयरबजारमा मंगलबार सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ ।

कम्पनीको आज २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, कम्पनीको शेयर मुल्य १३ सय २२ रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज अपि पावर कम्पनीको २२ करोड ८२ लाख, एनआइसी एशिया बैंकको १९ करोड ६८ लाख बढीको शेयर कारोबार भएको छ । बैंकको आज ८६७ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot