Logo

बढ्ने अनुमान गरिएको सेयर बजार किन सकेन बढ्न ?



काठमाडौं, ११ माघ । साताको तेस्रो दिन (मंगलबार) नेप्से सामान्य अंकले घटेको छ । दिनभरिको उतारचढापकाबीच नेप्से झिनो अंकले घटेको हो ।

सोमबार भारि अंकले घटेको नेप्से आज बढ्ने अनुमान गरेपनि त्यसो हुन सकेन ।

यस अघिका इतिहास हेर्दा नेप्सेमा ठुलो अंकको गिरावटपछिको अर्को दिनमा उच्च अंकको वृद्धि हुने गर्दथ्यो तर, आज इतिहास नदोहोरीएपछि लगानिकर्ता निराश भएका छन् ।

बजार घट्ने कुनै कारण नभए पनि केहि दिनयता बजार घट्नुले ठूला खेलाडीहरु प्रायोजित रुपमा बजार घटाउन लागिपरेको जानकारहरु बताउछन् ।

यद्दपी अबको केहि दिनमा बजार आफ्नै लयमा फर्किने विश्वास गरिएको छ । भोलीबाट नेप्सेमा केहि सुधार देखिने अनुमान लगानिकर्ताको छ ।

आज नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ को विन्दुमा झरेको छ ।

आज दिनभर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्