Logo

सिके राउतको कार्यकर्ता र प्रहरीबीच झडप, २ राउण्ड अश्रुग्यास प्रहार



जनकपुर, १२ माघ । सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थल वरपर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरूसँग प्रहरीको झडपसमेत भएको छ ।

राउतका कार्यकर्ताहरूसँग निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरीसँग झडप भएको हो ।

सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । सोही क्रममा प्रहरीले प्रदर्शनकारीहरुमाथि दुई राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot