काठमाडौं, १२ माघ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक गोष्ठी सम्पन्न भएको छ । गोष्ठि काठमाडौंमा भर्चुअलमाध्यमबाट सम्पन्न भएको हो ।
गोष्ठिमा बिआरआईका विशेषता र उद्देश्यका सन्दर्भमा छलफल गरिएको थियो । चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको थियो ।
त्यस्तै, विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका साथ आह्वान गर्दछ ।