Logo

आफ्नै भाईको छोरीको हत्यामा संलग्न पुरुष पक्राउ



स्याङजा, १२ माघ । आफ्नै भाईको छोरीको हत्यामा संलग्न रहेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकालको हत्यामा संलग्न रहेको अभियोगमा चापाकोट नगरपालिका–७ पिपलछाप बस्ने ३८ वर्षीय बासुदेव ढकाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot