Logo

बाबुराम भट्टराईलाई कोरोना संक्रमण



काठमाडौं, १२ माघ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। आफूलाई कोरोना संक्रमण भएको कुरा भट्टराईले आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले लेखेका छन्–‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot