Logo

मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने



काठमाडौं, १२ माघ । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना काम सक्ने दक्ष जनशक्ति आफुले तयार गर्ने बताए । उनले आफुले गरेको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउण्डेशनलाई दिने पनि घोषणा गरे ।

उनले भारत, अष्ट्रेलिया, क्यानडा लगायतका धेरै देशहरुबाट सम्बन्धन लिएर फाउण्डेशन अगाडी बढ्ने बताए । आर्थिक रपर्यटन विकास गर्न संखुवासभा जिल्लामा शाखा कार्यालय खोल्ने तयारीमा रहेको जानकारी दिँदै पोखरेलले देशबाहिर पनि शाखा खोल्ने योजना रहेको सुनाए ।

उनले शिक्षा तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरि अघि बढ्ने बताउँदै भने, ‘यसको बारेमा सम्बन्धित मन्त्रालय र मन्त्रीहरुसँग मेरो कुरा भइसकेको छ ।’ उनले नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने बताए ।

फाउण्डेशनले विद्यालय, कलेज र देशविकासको लागि मुल आधार बनाएर अगाडी बढ्ने पनि जानकारी दिए । यसको साथै बुवा आमा नभएका बालबालिकाहरुलाई स्नाकोत्तरसम्म निशुल्क शिक्षा दिने पनि प्रतिवद्धता दिए । आफ्ना कामदारलाई अगाडी बढाउने उद्देश्यले घर, गाडी, मोवाइलको सुविधा दिने पनि उनले जानकारी दिए । उनले फाउण्डेशनले असहाय बृद्ध÷बृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने पनि उल्लेख गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot