Logo

राज्यमन्त्रीका निजी सुरक्षाकर्मी कोठामा मृत भेटिए



कैलाली, माघ १३ । भीआईपीको घरमा निजी सुरक्षाकर्मीका रुपमा परिचालित प्रहरी हवल्दार मृत फेला परेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथन राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मीको रुपमा परिचालित प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्।

घर बिदामा रहेको जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ आफ्नै घरस्थित खाटमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । परिवारका अन्य सदस्य घर बाहिर रहेको र फर्किदा जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्