Logo

राष्ट्रियसभामा २० फागुनबाट अंकगणित फेरिदै (कस्को कति सिट सूचीसहित)



काठमाडौं, १३ माघ । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ ।

हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

एमालेको ७ सदस्य घट्दा काँग्रेस, माओवादी, नेकपा एस, जसपा र राजमोले सिट थपेका छन् । राजमोले पहिलोपटक २७ वर्षयता राष्ट्रियसभामा स्थान बनाएको छ ।

राष्ट्रियसभामा एमाले नै सबैभन्दा ठूलो दल भएको छ । तर, सत्ता गठबन्धनका घटकहरु भारी बहुमतमा पुगेका छन् ।

पदावधि सकिनेमा राष्ट्रियसभाबाट मनोनित हुने एकजना पनि छन् । उक्त पदमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गरिनेछ ।
खिमलाल देवकोटा स्वतन्त्र सांसदका रुपमा छन् । उनी नेकपा एस निकट छन् । बामदेव गौतम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित भएका हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा एमालेको १७, माओवादीको १५, काँग्रेसको १०, नेकपा एसको ९, जसपाको ३, राजमो, लोसपा र स्वतन्त्रको १-१ सांसद हुनेछन् । मनोनित रामनारायण बिडारीको पदावधि पनि फागुनमा सकिदैछ । उक्त पदमा पनि मनोनित नै हुनेछन् ।

राष्ट्रियसभामा फागुनबाट कस्को कति सिट
नेकपा एमाले-१७
माओवादी केन्द्र-१५
नेपाली काँग्रेस-१०
नेकपा एस-९
जसपा-३
राजमो-१
लोसपा-१
स्वतन्त्र १
मनोनित कतै नखुलेका बामदेव गौतम- १
मनोनित हुन बाँकी-१



प्रतिक्रिया दिनुहोस्