Logo

नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा



काठमाडौं, १३ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गर्ने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्