Logo

महालक्ष्मी बैंकले गर्यो भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता



काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले भाटभटेनी मनी ट्रान्सफरसँग रेमिट्यान्स सम्झौता गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने भएका छन् ।
बैंकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरिसकेको छ । यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्