काठमाडौं, १३ माघ । ज्योति विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ४ दशलमव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको जानकारी दिएको हो । बैंकले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश बैंक खातामा जम्मा गरेको हो ।
पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा बैंक खातामा नै नगद लाभांश जम्मा भएको जनाएको छ भने उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने बैंकले जानकारी दिएको छ ।
साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खालेको सम्बन्धीत निक्षेप सदस्यकोमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्यिरिङ हाउस अन्तर्गत आइपीएस सदस्य प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।