Logo

जिपको ठक्करबाट दाजुभाईको मृत्यु



बारा, १३ माघ । गएराति जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपको ठक्क्रबाट कलैया–५ का सितल साह कानु र नरेश साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका दाजुभाईलाई उपचारको लागि वीरगन्ज अस्पताल पुर्याइएको थियो । थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगेपछि उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो ।

दुई दाजुभाई आफ्नो राइसमिलबाट बुधबार राति घरतिर फर्किँदै थिए । सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको जिपले ठक्कर दिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्