Logo

आफ्नै बुबाको हत्यारा छोरा पक्राउ



काठमाडौं, १३ माघ । आफ्नै ८० वर्षीय बुबाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बुवा दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै–झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले छोरालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्