Logo

स्कुटर चोरेर भाग्दै गर्दा परियार समातिए



काठमाडौं, १३ माघ । स्कुटर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही गाउँपालिका–५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियार मंगलबार राति पक्राउ परेका हुन् ।

बाँसगढी नगरपालिका–५ शान्ती मार्गटोल बस्ने बासुदेब पौडेलको घर अगाडि राखेको बामदेब पौडेलको मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको जानकारी आएलगत्तै तत्काल ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँसगढी नगरपालिका–५ स्थित सालघारी सामुदायिक जंगल नजिकै परियारले उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी स्कुटर सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्