Logo

कोरोनाविरुद्धको खोप नलगाएकाले मुटु प्रत्यारोपण गर्न अमेरिकी अस्पतालद्वारा अस्वीकार



एजेन्सी, १३ माघ। अमेरिकाको एक अस्पतालले कोरोनाविरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ। उनको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको छ।

एकतीस वर्षीय डीजे फर्गसन नयाँ मुटुको प्रतीक्षामा भएका बिरामी हुन्। तर बोस्टनको ब्रिगम एन्ड विमिन्स हस्पिटलले मुटु प्रत्यारोपण कुरिरहेका बिरामीको सूचीबाट उनको नाम हटाएको उनका बुबा डेभिडले बताएका छन्।

डेभिडका अनुसार कोभिड खोप उनका छोराको “आधारभूत मान्यता” विरुद्ध छ र “उनी खोपमा विश्वास गर्दैनन्”। यद्यपि अस्पतालले भने आफूले कोभिड नीति अपनाएको र अंगप्रत्यंग अभावका कारण मुटु प्रत्यारोपण नगरेको जनाएको छ। ‘अस्पतालमा उपलब्ध अंगप्रत्यंगको अभावलाई हामीले ध्यानमा राख्दै आएका छौं। मुटु प्रत्यारोपणपछि ती व्यक्तिको सल्यक्रिया र रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा हामीले त्यसो गरेका हौं’, अस्पतालले भन्यो।

अंग अभावका कारण करिब १ लाख मानिस पर्खाइमा रहेको र आगामी पाँच वर्षसम्म अभाव रहने अस्पतालले जनाएको छ। फर्गुसन पनि सन् २०२१ नोभेम्बर २६ देखि मुटु प्रत्यारोपणको लागि सो अस्पताल भर्ना भएका बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्