Logo

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार



कर्णाली, १३ माघ: वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ । सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालका रुपमा रहेको निर्देशक खड्काको दाबी छ ।

प्रदेश अस्पताललाई आँखा रोगसम्बन्धी उपचारका लागि आवश्यक उपकरण खरिदलगायतका पूर्वाधार व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्