Logo

चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक



एजेन्सी, १३ माघ। चीनले भारतलाई अन्ततः अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ। भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

अरुणाचल प्रदेशका १७ वर्षीय तारोन गत १७ जनवरीदेखि बेपत्ता थिए।उनलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot