Logo

दिल्लीमा विकेण्ड कर्फ्यू समाप्त



एजेन्सी, १३ माघ। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण दरमा कमि आउन थालेको छ । दिल्ली सरकराले जारी गरेको केही प्रतिवन्धहरु हटाउने निर्णय गरेको छ । दिल्लीमा विकेण्ड कर्फ्यू हटाइएको हो ।

यसबाहेक दिल्लीमा अब ५० प्रतिशत क्षमतासहित सिनेमाहरु पनि खुल्ने छन् । दिल्लीमा पछिल्लो समय संक्रमितहरु थपिने क्रममा कमी आएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोरोनाका ७ हजार ४ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् भने २९ जना संक्रमितको निधन भएको छ । बुधवार दिल्लीमा ५ हजार ७ सय ६० बिरामी थपिएका थिए भने ३० जनाको निधन भएको थियो ।

कोरोनाको घट्दो दरलाई मध्यनजर गर्दै दिल्लीमा प्रतिवन्धहरु कम गर्ने माग गर्न थालिएको थियो । त्यसैलाई मध्यनजर गर्दै आपदा प्रवन्धन प्राधिकरणले बिहिबार एउटा महत्वपूर्ण बैठक बोलाएको थियो । उक्त बैठकमा विकेण्ड कर्फ्यू हटाउनेसहित केही प्रतिवन्धहरु कम गर्ने निर्णय गरिएको हो ।यद्यपि, दिल्लीमा नाइट कर्फ्यू भने राति १० बजेदेखि बिहान ५ बजेसम्म जारी नै रहने छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्