Logo

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सवार गाडीमा ढुंगा प्रहार



काठमाडौं, १३ माघ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी सवार गाडीमा बिहीबार बिहान ११ बजे अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । काँडाघारीको उकालोमा गिरी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्दै भौतिक आक्रमणको प्रयास भएको आयोगले जनाएको छ ।

गिरीले निवासबाट कार्यालयमा जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । प्रहरीमा उजुरीसमेत दिइसकेको र ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै क्षति भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष गिरीमाथि भएको घटना अमानवीय र अनैतिक भएको भन्दै उक्त कार्यमा संलग्न समूहको पहिचान गरी कडाभन्दा कडा काबाही गर्न माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्