Logo

२१ वाणिज्य बैंकको खराब कर्जा घट्यो



काठमाडौं, माघ १४। कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ ओटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन् ।

२७ ओटा वाणिज्य बैंकमध्ये २१ ओटा बैंक खराब कर्जा घटाउन सफल भएका छन् । सबैभन्दा बढी खराब कर्जा घटाउनेमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ । यो बैंकले गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा मा १ दशमलव ५४ विन्दुले खराब कर्जा घटाउन सफल भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा घटेर शून्य दशमलव ३७ प्रतिशत कायम भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा १ दशमलव ९१ प्रतिशत थियो ।

खराब कर्जा घटाउनेमा दोस्रो स्थानमा हिमालयन बैंक लिमिटेड रहेको छ । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा यो बैंकको खराब कर्जा १ दशमलव ४१ विन्दुले घटेर चालू आवको दोस्रो त्रैमाससम्ममा शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । खराब कर्जा बढी घटाउने तेस्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १ दशमलव १७ विन्दुले घटाउन सफल भएको छ । यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot