काठमाडौं, १४ माघ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) कोभिड–१९ विरुद्धको खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा शिक्षण गराउने तयारीमा जुटेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय खोल्न दिनेबारे छलफल भइरहे पनि निर्णय भने हालसम्म नगरिएको श्रोतले जनाएको छ ।
यसको बारेमा अब चाडैनै निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले पनि खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा पढ्न दिन माग गर्दै आएको छ ।