Logo

पशुपति मुरारकालाई उद्दोग वाणिज्य महासंघको विशिष्ठ सदस्यबाट राजीनामा दिन दबाब



काठमाडौं, १४ माघ । भ्रष्टाचारको मुद्दा लागेका नेपाल उद्दोग वाणिज्य महासंघका विशिष्ठ सदस्य पशुपति मुरारकामाथि पदबाट राजीनामा दिन दबाब बढेको छ । उनी सञ्चालक रहेको सिद्धार्थ मिनिरल्स प्रा. लि.ले अनुमती लिएभन्दा बढी स्रोतको दोहन गरी राज्यलाई झण्डै ५० करोड नोक्शानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ माघमा मुद्दा दायर गरेपछि राजीनामाको दबाब बढेको हो ।

महासंघभित्र मुरारकाको राजीनामा मागिएको बुझिएको छ । तर, उनी पदमै रहन खोजिरहेका छन् ।

नेपाल उद्दोग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुरारका निकै प्रभावशाली उद्दोगी मानिन्थे । उनले महासंघमा विधान नै परिवर्तन गराएर अध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने नियम उनैले लागू गराएका थिए ।

मुरारका महासंघको राजनीतिमा निकै हावी बन्दै आएका छन् । तर, भ्रष्टाचारको मुद्दाले उनलाई धक्का लागेको छ ।

महासंघमा प्रभावशाली रहेकैले राजनीतिक शक्ति देखि कर्मचारीलाई समेत प्रभावमा पारी मुरारकाले झण्डै ५० करोडको जरिवानालाई केही लाखमा झार्ने योजना सफल पारेका थिए । उनको योजनामा परेका कर्मचारी समेत अख्तियारबाट डामिएका छन् । भूगर्भ विभागका वैज्ञानिकहरु भने बलीको बोका बनाइएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot