Logo

‘आदेश भन्दा कानुन राम्रो हो तर कानुन खै ?’



काठमाडौं, १४ माघ । सामाजिक सञ्जालमा सर्वसाधारणलाई हैरानी दिने, शारीरिक र मानसिक सास्ती दिने खाल्का फोटो वा भिडियो कसैको अनुमति बिना पोष्ट गरेमा कारवाही गरिने गृहमन्त्रालयको सूचनाप्रति पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले ठट्यौली पाराले प्रतिक्रिया दिएका छन् ।

उनले नितान्त व्यक्तिगत फोटो, भिडियो सम्बन्धितको अनुमति बिना पोष्ट गर्न पाउनै पर्छ भनेर कँही पनि ढोल पिटेको नसुनिएको भन्दै सरकारप्रति व्यंग्य गरेका हुन् ।

आफु मन्त्री हुँदा उठाएको विषयलाई कसैले सहयोग नगरेको गुनासो गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ऊ बेलामा त कान टट्याउने उखरमाउलो कुरा झिकेका थिए त ।’ उनले अगाडी लेखेका छन्, ‘जे होस अभिव्यक्ति र प्रेस स्वतन्त्रता पनि सत्ता विशेषकै हुने रहेछ । आदेश भन्दा कानुन राम्रो हो तर कानुन खै ?’

आदेश भन्दा कानून नै राम्रो हो भन्दै नेता बास्कोटाले बिना अनुमति अरुको फोटो तथा भिडियो पोष्ट गर्ने व्यक्तिलाई कारवाही गर्ने कानुन नबनेको स्पष्ट पारेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्