Logo

प्रचण्ड र माधव नेपालले आफ्नो पार्टीको भविष्य अन्धकार देखिरहनुभएको छ : महेश बस्नेत (भिडिओसहित)



भरतपुर, १४ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । आज (शुक्रबार) चितवनमा आयोजित युवा संघको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधव नेपालले आफ्नो पार्टीको भविष्य अन्धकार देखिरहेको पनि टिप्पणी गरेका छन् ।

उनले भने-“उहाँहरुले एमालेलाई कमजोर बनाएर मात्रै आफ्नो भविष्य उज्जवल बनाउने देख्नुभएको छ । कहिलेकाहीँ स्याल, फ्याउरोले हात्तिको ढाडमा चढेर सिंहलाई चूनौति दिन्छ, अहिले माधव नेपाल र प्रचण्डले कांग्रेसरुपी हात्तीको बुँई चढेर एमालेरुपी सिंहलाई चूनौति दिइृरहेका छन् । जुन दिन उहाँहरु भुर्इँमा आउनुहुन्छ, त्यो दिन उनीहरुको पार्टी धुलो पिठो हुन्छ । मुलुकको समृद्धिको दिशमा लैजाने कुराकान कहीँ कतै कममजोरी गरेका छैनौं ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot