Logo

देउवाले गठन गरे कार्यसम्पादन समिति, सुरुमा ३७ जना समेटिए (नामसहित)



काठमाडौं, १४ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

आज (शुक्रबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठक भने भर्चुअल माध्यामबाट बसेको थियो ।

विधाअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुने भनिएपनि सभापति देउवाले आज ३७ जनाको नाम सार्वजनिक गरेका हुन् । र, छिट्टै थप ११ जना नियुक्त गरिने जनाईएको छ ।

पदाधिकारीबाट सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र  विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङदेम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे समेटिएका छन् ।

अन्य सदस्यहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, बालकुष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, जीवनबहादुर शाही र आनन्द ढुंगाना समेटिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्