Logo

तोकिएकै समयमा हुलाकी राजमार्ग निर्माण हुनेमा आशंका



काठमाडौं, माघ १५। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत हुलाकी राजमार्गले लक्ष्यलाई पछ्याउँदै निर्माणको गति समात्ने प्रयासमा रहेको पाइएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको भौतिक प्रगतिअनुसार राजमार्ग निर्माणले केही सकारात्मक प्रगति देखाए पनि तोकिएकै समयमा सम्पन्न हुनेमा भने अझै आशंका छन् ।

कतिपय ठाउँमा वर्षांैदेखि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । लक्ष्यअनुसार प्रगति नहुनुले पनि तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा शंका उब्जिन थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलको तथ्यांकअनुसार हालसम्म हुलाकी राजमार्गको ७२ दशमलव ४२ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । वित्तीय प्रगति भने ७५ प्रतिशत अर्थात् ४८.९२ अर्ब खर्च भएको छ ।

मन्त्रालयले १ हजार ७ सय ९२ किमी सडकमध्ये ७ सय ९५.२१ किलोमिटर कालोपत्रे सम्पन्न भएको जनाएको छ । बाँकी ५ सय ८१ किमी सडक निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । कुल २ सय १९ पुल बन्नुपर्नेमा १ सय १ वटा पुल सम्पन्न भएका छन् ।

आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको राजमार्ग निर्माण २०७९/८० मा सम्पन्न हुनुपर्नेछ । आयोजनाको अहिलेसम्मको समग्र प्रगतिले भने तोकिएकै समयमा सम्पन्न हुन नसक्ने देखिन थालेको छ । आयोजनाको कुल लागत ६५ अर्ब २० करोड रहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot