Logo

नारायणी अस्पतालमा उपचारत दुई संक्रमितको मृत्यु



काठमाडौँ, १५ माघ: वीरगन्जमा कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारत दुईजना संक्रमितको आज (शनिबार) बिहान मृत्यु भएको हो।अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ की ६५ वर्षिया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्। यस्तै नारायणी अस्पतालमै उपचारत पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ। मुटु रोगको समस्या रहेका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको र शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा ती पुरुषको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए। डाक्टर सिंहका अनुसार ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot