काठमाडौँ, १५ माघ। काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर आयात गरिएको सो परिणामको मदिरा बरामद गरिएको हो । महाशाखाका सूचना अधिकारी कृष्ण पङ्गेनीका अनुसार नक्कली विभिन्न ब्राण्डका २ सय ९० कार्टुन भोड्का बरामद गरिएको हो ।
प्रहरीको अनुसार बरामद गरिएको मदिराको मूल्य नेपाली बजारमा करिब डेढ करोड रुपैयाँ रहेको छ । सो नक्कली मदिरा आयात गर्ने दरबारमार्गस्थित ब्लु ह्यामर मदिरा सञ्चालक सन्तोष बाख्रिल रहेको महाशाखाले जनाएको छ ।-File Photo