Logo

उखुबारीको अर्को खाल्डोको शवको पहिचान खुल्यो



मोरङ, १६ माघ । मोरङको उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको सनाखत भएको छ । माघ १३ गते बिहीबार खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको क्षेत्रपाटी बस्दै आएका चौधरी शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । माघ १४ मा अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र कुमार श्रेष्ठसँगै उनी काठमाडौंबाट मोरङ गएका थिए । उनीहरु दुवैजना जग्गा कारोबारी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot