एजेन्सी, १६ माघ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ३४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, शनिबारमात्रै ८ सय ९३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार अहिले भारतमा संक्रिय संक्रमितको संख्या १८ लाख ८४ हजार ९३७ रहेको छ। दैनिक संक्रमणदर क्रमशः घट्ने क्रममा १४.५० प्रतिशत पुगेको छ।