काठमाडौं, १६ माघ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । क्रान्तिकारी माओवादीले एमसीसी, भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने भएको हो ।
माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी, भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्ने उल्लेख गरिएको छ ।