Logo

१ किलो सुनसहित युवक पक्राउ



काठमाडौं, १६ माघ। कास्कीमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट गए राति उनी पक्राउ परेका हुन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारले लुकाई ल्याएको पहेलो धातुसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot