Logo

गुह्येश्वरीदेखि थापाथली पुलसम्मका संरचना सात दिनभित्र हटाउन आग्रह



काठमाडौँ, १६ माघ । वाग्मती नदी किनारका दायाँबायाँ बनेका अस्थायी र स्थायी संरचना सात दिनभित्र हटाउन सार्वजनिक सुचना जारी गरिएको छ ।

गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बागमती किनारमा निर्माण भएका अस्थायी र स्थायी संरचना हटाउन बाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको हो । समितिले नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ ।

उसअघि पनि पटक–पटक ताकेदा गर्दा पनि संरचना नहटाइएको भन्दै अब तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने पनि जारी सूचनामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्