Logo

ओली-प्रचण्ड अलग्याउने ऋषि कट्टेल ‘नेकपाबाट निष्काशित’



काठमाडौं, १६ माघ । ऋषि कट्टेलले दायर गरेको मुद्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको कारण बन्यो । कट्टेले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले एउटै नाम भएको दल खारेज गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको फैसला २३ फागुन २०७७ मा सर्वोच्चले सुनायो ।

ऋषि कट्टेलले दायर गरेको मुद्दाले एमाले र माओवादी केन्द्र फुट्ने गरी फैसला मात्र भएन देशको राजनीतिलाई नै नयाँ मोडमा पुर्यायो । केपी शर्मा ओली र प्रचण्ड अलग्गिए । तर, उनै कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ठूलो विवादमा फसेको छ ।

कट्टेललाई लोकनारायण सुवेदीले पार्टीबाट निष्काशित भएको घोषणा गरेका छन् । १३ माघमा सूचना नै जारी गरी सुवेदीले साधारण सदस्य समेत नरहने गरी हटाएको घोषणा गरेका छन् । सुवेदीले आफूलाई कार्यवाहक अध्यक्ष समेत घोषणा गरेका छन् ।

सुवेदीले निर्वाचन आयोगलाई आफू कार्यवाहक अध्यक्ष रहेको र कट्टेललाई पार्टीबाट हटाएको जानकारी समेत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot