काठमाडौं, १६ माघ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सत्तापक्षीय गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेष्ठसम्म सम्पन्न गराउने भनेर गरेको प्रतिबद्धताको स्वागत गरेका छन् । अध्यक्ष त्रिपाठीले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।
उनले संवैधानिक र कानूनी अस्पष्टता अनगिन्ती संख्यामा रहेको तथ्यप्रति पनि ध्यानाकार्षण गराएका छन्। उनले किस्ताबन्दीमा तत्कालिन रुपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान नदिने पनि उल्लेख गरेका छन् ।
त्रिपाठीले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिश मधेश प्रदेशमा मात्रै कार्यान्वयन भएको भन्दै बाँकी रहेका सबै प्रदेशमा निर्वाचन पूर्व नै आयोगको सिफारिश कार्यान्यवन गर्न माग गरेका छन् ।