Logo

भन्सार छलेर मदिरा बिक्री गरेको आरोपमा चार पक्राउ



काठमाडौँ, १६ माघ। भारतबाट भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गर्दै आएको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन् । प्रहरीका अनुसार घिमिरे नेपाली सेनाका पूर्वहवल्दार हुन् भने सन्तोष चन्द्र बाख्रेल दरबारमार्गस्थित कपडा सोरुम बिईङ ह्युमेनको संचालकमध्येका एक हुन् ।

उनीहरुले सीतापाइलास्थित संचालन गरेको मदिरा गोदाममा छापा मारेर १ करोड ४१ लाख ६० हजार मुल्य बराबरको मदिरा बरामद गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए । प्रहरीले २९५ कार्टुन एब्सोल्युट भोड्का, रेड लेबल र ब्ल्याक लेबल बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot