Logo

युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न सक्छ : अमेरिकी सैन्य प्रमुख मिली



एजेन्सी, १६ माघ। अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न सक्ने बताएका छन् । जर्नेल मिलीले युक्रेन सीमामा एक लाख रुसी सेनाको उपस्थिति शीतयुद्धयताकै सबभन्दा ठूलो भएको र रुसी आक्रमणमा ठूलो संख्या हताहती हुन सक्ने जनाएका हुन्  ।

पत्रकार सम्मेलनमा बोल्दै मिलीले युक्रेनको सीमा क्षेत्रमा उपस्थित सेनाको संख्याले आक्रमण भएको खण्डमा परिणाम गम्भीर हुने बताएको दाबी गरेका छन्  ।उनी अमेरिकी राष्ट्रपति जो बाइडेनका सैन्य सल्लाहकार हुन् ।

मिलीले भनेको विषयलाई उदृत गर्दै संचार मध्यमहरुले लेखेका छन्,’‘यदि रुसले आक्रमण गर्‍यो भने त्यो निकै ठूलो हुनेछ र ठूलो संख्यामा मानिसहरू मर्नेछन्। तर, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले कूटनीतिका माध्यमबाट अझ पनि द्वन्द्व रोक्न सकिने बताए । ‘युद्ध अपरिहार्य छैन । अझै पनि कूटनीतिका लागि ठाउँ छ,’ अस्टिनले भने । पुटिनले आफ्ना फौज फिर्ता लैजान आदेश दिन सक्ने उनको भनाइ छ ।

रुसले भने आफ्नो कुनै आक्रमणको योजना नरहेको बताउँदै आएको छ । अमेरिकालगायत पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएको सैन्य सहयोग आफ्ना लागि खतरा रहेको उसको भनाइ छ । रुसले युक्रेन नाटोको सदस्य बन्ने कुरामा आपत्ति जनाउँदै आएको छ । तर, उसको माग अमेरिकाले अस्वीकार गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्