
एजेन्सी, १६ माघ । स्पेनका राफेल नाडालले अष्ट्रेलियन ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । उनी पुरुष टेनिसतर्फ सर्वाधिक २१औं ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् ।
नाडालले रुसका दोस्रो वरियताका डानिल मेडभेडेभलाई २-६, ६-७, ६-४, ६-४ र ७-५ मा स्तब्ध पारे । पहिलो दुई सेट हारेर तेस्रो सेट पनि हारको नजिक पुगेका नाडाल खेलमा फर्किए ।
पाचौं तथा निर्णायक सेट रोचक बन्यो । नाडाल जितको नजिक पुगिसकेका थिए । तर, मेडभेडेभ खेलमा फर्किए । बाजी भने नाडालले मारे ।
५ घन्टा २४ मिनेट चलेको प्रतिष्पर्धा निकै रोचक र स्मरणीय रह्यो । खेल विश्लेषकहरुले टेनिस इतिहासकै रोचकमध्येको प्रतिष्पर्धाका रुपमा लिए ।-Photo Source: Australian Open