Logo

अनलाइन जुवा खेल्ने ७४ जना रकमसहित पक्राउ



काठमाडौं, १७ माघ । काठमाडौंबाट अनलाइन जुवा खेल्ने खेलाउने ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट आइतबार साँझ अनलाइन जुवा खेलाउने र खेल्ने ६६ जना पुरुष र ८ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

बौद्धस्थित प्लटिङनजिकै सञ्चालित रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरू पक्राउ हुन्ु ।

उनीहरुको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot