Logo

माधव नेपालले पाप पखाल्ने समय खोजेका छन्, उहाँ नर्कको बाटो हिँडिरहनुभएको छ : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, १७ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले सरकारले अझैपनि निर्वाचन नगर्ने जालझेल गर्न खोजिरहेको टिप्पणी गरेका छन् । उनले पाँच दलीय गठबन्धनमा आवद्ध नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव समयमै नगराउन बाध्य पारिरहेको आरोप लगाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले निर्वाचन गर्न चाहेको हो भने मिति घोषणा गर्न सुझाव दिएका छन् । उनले स्थानीय तहको निर्वाचन गराउनको लागि संविधान र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन नबाझिएको पनि जिकिर गरे ।

उनले प्रधानमन्त्री देउवाले फेरि कलंकको टिका नलगाए हुन्थ्यो भन्ने धारणा राखेका थिए । माधव नेपालले चुनाव जित्ने नदेखेपछि चुनाव नचाहेको उनको आरोप छ । उनले माधव नेपालले पाप पखाल्ने समय खोजेको तर आवद्यिक निर्वाचनले त्यो समय नदिईएको टिप्पणी गरे । उनले माधव नेपाल कम्युनिष्ट पार्टीको नेता नै नभएको जिकिर गरे ।

उनले माधव नेपाललाई कांग्रेसको पिछलग्गु भएको भन्दै अब उतै बस्न आग्रह गरेका छन् । उनले माधव नेपाल अहिले स्वर्ग जाने भनेर नर्कको बाँटो हिँडिरहेको आरोप लगाए । उनले माधव नेपालको पार्टी अब चुनावपछि बत्ति झ्याप्प निभेजस्तो हुने सुनाए । उनले अहिले कम्युटरको जमानामा कलमको कुनै काम नभएको भन्दै माधव नेपालको चुनाव चिन्हप्रति कडा आक्रोश पोखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot