काठमाडौं । लोक सेवा आयोगको लामो समयदेखि हुन नसकेको शाखा अधिकृतको नतिजा प्रकाशन भएको छ ।
सबै चरणको परीक्षा र अन्तरवार्ता सकाएपनि नतिजा मात्र रोकेको आयोगले २ वर्ष ढिलो गरेर नतिजा प्रकाशन गरेको हो । आयोगलाई सर्वोच्च अदालतले नजिता तत्काल सार्वजनिक गर्न आदेश दिएपछि आइतबार नतिजा सार्वजनिक भएको हो ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ २ सय ८१ सिफारिस भएका हुन् ।
यस्तै, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ६१ जना, मधेशीतर्फ ३४ जना, दलिततर्फ १२ जना, अपांगता भएका व्यक्तितर्फ ११ जना, पिछडिएको क्षेत्रतर्फ १० जना सिफारिस भएका छन् ।