Logo

देउवा-प्रचण्ड भेटवार्तामा के के कुरा भयो ?



काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बालुवाटारमा भएको भेटमा अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे छलफल भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार देउवाले एमसीसी पारित गर्नुपर्नेमा जोड दिएको बुझिएको छ । उनले एमसीसी पारित गरेमा गठबन्धन बलियो भई चुनावमा पनि सफलता हासिल हुने भन्दै प्रचण्डलाई साथ दिन आग्रह गरेका थिए ।

प्रचण्डले भने आन्तरिक सहमतिमा जोड दिएको बुझिएको छ । उनले एमसीसीका केही बुँदा संशोधन गरे आफूहरुको साथ रहने जवाफ दिएको स्रोतले बतायो ।

दुई नेताबीच चुनावको मिति घोषणाबारे पनि छलफल भएको थियो ।

आजै देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा एमसीसीमा सहमति बनाउनेबारे छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्