Logo

अनलाइन जुवा खेलाउने ७४ जना एउटै रेस्टुरेन्टमा समातिए



काठमाडौं, १७ माघ । जुवा त्यो पनि अनलाइनमार्फत् । राजधानीमा त्यस्ता जुवा खेल्ने र खेलाउने निगरानीमा पर्न थालेका छन् । प्रहरीले उनीहरुलाई धमाधम पक्राऊ गर्न थालेको छ ।

अनलाइनमार्फत जुवा खेलाएको आरोप काठमाडौंको र्बाद्धबाट प्रहरीले ७४ जनालाई एउटै रेस्टुरेन्टबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौले बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

रेस्टुरेन्ट दोलखा घर भएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गर्दै आएका थिए । रेस्टुरेन्टमा ठूलो संख्यामा मानिसहरू भेला भएर अनलाइन बिंगो खेलिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot